Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

टोकियो- संचारमन्त्री जेपी गुप्तालाई लागेको भ्रष्टाचारसम्वन्धी मुद्दाको आज अन्तिम फैसला हुने भएको छ । सर्वोच्च अदालतले यसअघि तयारी नपुगको भन्दै पछाडि सारेको फैसला आज हुन लागेको सर्वोच्च अदालतका सह प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।

उहांले यसअघि पनि पटक पटक सरेकाले आज अन्तिम फैसला आउने सम्भावना बढिरहेको जानकारी दिनुभयो भयो । दिउसो तिन चार बजेतिर फैसला हुन सक्ने सहप्रवक्त रावलले जानकारी दिनुभयो । न्यायाधिशहरु शुशिला कार्की र तर्कराज भट्टको इजलासले मुद्धाको फैसला गर्न लागेको हो ।

२०४८ साल देखि झण्डै एक दशकको विचमा पटक पटक गरेर संचारमन्त्री, कृषिमन्त्री, प्रधानमन्त्रीका प्रेस सल्लाहकार लगायतका लाभको पदमा रहंदा उहांले अनियमितता गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्धा दायर गरेको थियो । विषेश अदालतपछि गुप्ताको मुद्धा सर्वोच्च अदालतमा आएको हो । अहिले मधेशी जनाधिकार फोरम गणतान्त्रीकका अध्यक्ष समेत रहनु भएका गुप्ताले झण्डै एक दशक देखि नै भ्रष्टाचारको मुद्धा खेप्नुभएको छ । ***

तपाईको प्रतिक्रिया