Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०८, २०८१
Thursday, October 24, 2024

टोकियो – विश्वभरि छरिएर रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहित र पहिचानका लागि क्रियाशील रहने उद्देश्यले गठन भएको प्रवासी नेपाली पत्रकार सञ्जाल (इएनजेएन) को नयाँ कार्यसमिति गठन भएको छ ।
नेपाल पत्रकार महासंघको मातहतमा रही विश्वभरिका प्रवासी पत्रकारहरुको समस्या र प्रवासमा रहेका नेपाली पत्रकार तथा सञ्चार माध्यमलाई संगठित गर्ने उद्देश्यले सन् २००९ अक्टुबरमा (२०६६ असोज २५ र २६ गते) काठमाडौंमा सम्पन्न प्रथम बिश्व सम्मेलनद्वारा गठन भएको प्रवासी नेपाली पत्रकार सञ्जालले आफ्नो दुइ वर्षको कार्यकाल समापन गरी नयाँ कार्य समिति चयन गरेको हो ।
दुइ वर्ष अघि गठन गरिएको उक्त सञ्जालले विभिन्न कार्यक्रमहरु गर्दै आएको र यस पटकको दोश्रो अधिवेशन कारणवश सम्पन्न गर्न नसकेकोले यही १५ अक्टोबर २०११ का दिन गैर आवासीय नेपाली संघको पांचौं विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएका पत्रकारहरुको एक बृहत भेलाले पत्रकार भूषण घिमिरेको संयोजकत्वमा १९ सदस्यीय नयाँ कार्य समितिको गठन गरेको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सभापति शिव गाउँले, महासचिव ओम शर्मा, कोषाध्यक्ष शितल शाह तथा सदस्य प्रकाशचन्द्र परियार समेतको उपस्थितिमा सम्पन्न उक्त भेलालाई सम्बोधन गर्दै सभापति गाउँलेले प्रवासमा रहेका नेपाली पत्रकारहरुको हक हितमा काम गर्न तथा विदेशमा रहेका महासंघका शाखाहरुलाई सुशिक्षित र सवल बनाउनुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

उक्त भेलाले चयन गरेको नयाँ कार्य समिति यस प्रकार रहेको छ –
संयोजक: भूषण घिमिरे जापान
सह-संयोजक: प्रदिप थापा, अमेरिका
सचिव: जे. पी. सापकोटा युएइ
सदस्य: तिलबिक्रम थेबे कतार
सदस्य: सुजन केसी, कुबेत
सदस्य: कोपिला गौतम, मलेसिया
सदस्य: रघु त्रिपाठी, दक्षिण कोरिया
सदस्य: विश्वासदीप तिगेला, यू. के.
सदस्य: सपना बस्याल, मलेसिया
सदस्य: दामोदर नेपाल, नेपाल
सदस्य: कुमार कार्की, कतार
सदस्यः सागर श्रेष्ठ, साउदी अरेबीया
सदस्य: सन्तोष दाहाल, बहराईन
सदस्य: केईजिन राई, बेल्जियम
सदस्य: भरतराज पौडेल, अष्ट्रेलिया
सदस्य: नवराज पोखरेल, रोमानिया
सदस्य: रामचन्द्र नेपाल, मलेसिया
सदस्य: खेमनाथ पौडेल, युएइ

 

 

तपाईको प्रतिक्रिया