Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

सुरुङ्गा (झापा)- आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको अभियोगमा चारजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका निवासी राम तामाङ, सोही ठाउँका राजेश खड्का, दीपक तामाङ र मिलन काफ्ले रहेका छन् । उनीहरुमध्ये राम तामाङलाई झापाको काँकडभिट्टा र अन्य तीनजनालाई शनिअर्जुन नगरपालिकाबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित विरिङ पुलमा बुधबार घाँटी रेटेर शनिअर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय जीतबहादुर भनिने डिकबहादुर विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताउनुभयो ।

पक्राउ परेकालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो ।

तपाईको प्रतिक्रिया