Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- यहि मे पहिलो तारिखदेखि इटालीको मिलानमा ६ महिने वर्ल्ड एक्स्पो २०१५ आयोजना भइरहेको छ ।

हरेक ५ वर्षमा आयोजना हुने उक्त मेलामा बिउरो इन्टरनेशनल एक्जिविशन (बिआइई) मा आबद्ध १ सय ४० मुलुकहरुले सहभागिता जनाएका छन् । जसमा नेपालले पनि सहभागिता जनाएको छ । एक्स्पोलाई इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले आयोजना गरेको हो ।

मेलामा सहभागिताका लागि नेपालको तर्फबाट होटल संघ नेपाल र नेपाल पर्यटन बोर्डको सहकार्य रहेको होटल संघ नेपालका महासचिव विनायक शाहले जानकारी दिए । मेलामा नेपालले नेपाली कलाकौशल झल्किने २७ मिटर अग्लो मन्दिर सहितको नेपाल मण्डल तयार गरेको छ । मेलामा सहभागि ३५ राष्ट्रहरुले आफ्नै छुट्टै प्याभिलियन बनाएर आफुलाइ प्रस्तुत गरेका छन् जसमा नेपालले पनि करिब १० रोपनी जग्गामा आफ्नो आकर्षक प्याभिलियन बनाएको शाहले जानकारी दिए । त्यहाँ नेपाली खानाहरुको स्टल पनि रहेको छ ।

यस्तै ६ महिने उक्त मेलामा १ दिन हरेक देशले राष्ट्रिय दिनको रुपमा मनाउने गर्दछन् । नेपालले पनि सेप्टेम्बर २३ लाई नेपाल डेको रुपमा मनाएको छ ।

तपाईको प्रतिक्रिया