Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भद्र सहमति नतोड्न सुझाव

काठमाडौं– रुपान्तरित ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने अधिकांश साना दलहरु नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुपर्नेमा जोड दिएका छन् । भद्र सहमतिअनुसार ओलीको नेतृत्व हुनुपर्ने उनीहरुको भनाइ छ ।

नेकपा मालेका महासचिव सीपी मैनालीले तीन ठूला दल मिलेकै कारण मुलुकले संविधान पाएको र अब संविधान कार्यान्वयनको चुनौति रहेकोले तीन दलले मिलेरै सरकार बनाउनु पर्ने आवश्यकता औल्याए ।

उनले भने–प्रधानमन्त्री सुशील कोइरालाले नै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने विषयमा भद्र सहमति भएको हो भन्नु भएको छ । त्यसैले हामी त्यो भद्र सहमतिको पक्षमा छौ । भद्र सहमति अनुसार नै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सहमतिको सरकार बन्नु पर्छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको सार्वभौमसत्ता, अखण्डतामा सौदावाजी गर्नेको विपक्षमा आफ्नो पार्टी उभिने स्पष्ट पारे । उनले बहुमतीय सरकार गठनको प्रक्रिया सुरु भए ओलीलाई सहयोग गर्ने बताए ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले मुलुकमा धेरै समस्या विद्यमान रहेकोले संविधान बनाउने दलहरु एक भएर सरकार बन्नु पर्ने बताए ।

उनले भने–मुलुकको अहिलेको समस्या समाधान गर्न पनि तीन दल एक ठाँउमा बस्नु पर्छ ।

यद्यपि सरकार निर्माणको क्रममा ठूला तीन दलमध्ये एक दल सरकार बाहिर रहे आफू सरकारमा जाने र तीन दल मिलेर सरकार बनाए आफूहरु प्रमुख प्रतिपक्षको रुपमा भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

नेकपा संयूक्तका संसदीय दलका नेता जयदेव जोशीले १६ बुँदे सम्झौताको बेला भएको भद्र सहमतिकै आधारमा नयाँ सरकार गठन गर्नु पर्ने भन्दै बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्दा पनि तीन दल मिलेरै सरकार बनाउनु पर्ने बताए ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संविधान जारी भईसकेपछिको अवस्थामा सहमतिको सरकारको आवश्यकता नभएको भन्दै अब शसक्त प्रतिपक्षसहित बहुमतको सरकार बनाउनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया