Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनलगायत समसामयिक विषयमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटवार्ता यही असोज १५ गते राष्ट्रपति डा रामवरण यादवले सहमतिका आधार नयाँ प्रधानमन्त्रीको चयनका लागि आह्वान गरेपछि प्रमुख दलबीच छलफलको शृङ्खला चलेको हो ।

एमाले स्थायी समितिले नयाँ प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिबाट बिहीबार मात्र यसबारे निर्णय हुनेछ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले दुई नेताबीच सरकार गठनलगायत विषयमा छलफल भएको जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओली निकट स्रोतले १६ बुँदे सहमति हुँदा गरिएको ‘भद्र सहमति’अनुसार अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा दुई शीर्ष नेताबीच सकारात्मक छलफल भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया