सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

काठमाडौं- हिन्दूहरुको महान् पर्व बडा दसैं र दीपावलीका अवसरमा नेपाल राष्ट्र बैंककले गत वर्षको तुलनामा १८ प्रतिशत अर्थात रु १० अर्बभन्दा बढी नयाँ नोट बजारमा प्रवाह गर्ने तयारी गरेको छ ।
चाड पर्वमा पूजाका लागि प्रयोग हुने भेटी तथा आफन्तलाई दिने दक्षिणामा नेपाली हिन्दु धर्माबलम्बीले नयाँ नोटको प्रयोग गर्ने परम्परागत प्रचलनलाई ध्यान दिएर यस वर्ष रु ५७ अर्ब ८५ करोड ५० लाख बजारमा पठाउने तयारी गरेको हो । नेपाल राष्ट्र बैंकले गत वर्षको यही अवसरमा रु ४७ अर्ब ४१ करोड ९० लाख बजारमा प्रवाह गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष माग बढी हुने अनुमानका आधारमा नयाँ नोटको प्रवाह बढी गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीका अनुसार सबै सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकका कार्यलयबाट र काठमाडौं उपत्याका हकमा बैकिङ्क कार्यालय थापाथलीबाट आगामी आइतबारदेखि नयाँ नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी, देशमा सञ्चालित वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणले नयाँ नोट पाउने छन् । त्यसका लागि राष्ट्र बैंककले केन्द्रीय कार्यालय बलुवाटरबाट ती बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
राष्ट्र बैंककै सटही केन्द्रबाट नयाँ नोट लिन चाहने सर्वसाधारणले एक व्यक्तिले रु २२ हजारसम्मको नयाँ नोट साट्न सक्नेछन् । प्रत्येक व्यक्तिले रु पाँच, १० र २० दुई/दुई प्याकेट नयाँ नोट साट्न सक्नेछन भने रु ५० र रु १०० का एक/एक प्याटकेट नयाँ नोट पाउनेछन् । त्यस्तै, निजामति, सैनिक, प्रहरी सशस्त्रका कर्मचारीका लागि आवश्यक पर्ने नयाँ नोटका सम्बिन्धित कार्यालयको पत्रकाका आधारमा आवश्यक नयाँ नोटको प्रबन्ध गर्ने व्यवस्था मिलाइएको प्रवक्ता पङ्गेनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगत वर्षजस्तै यस वर्ष पनि नयाँ नोटको कमी हुने छैन ।” गभर्नर डा चिरन्जीवी नेपालको हस्ताक्षर भएको नयाँ नोट आउन बाँकी भएकाले राष्ट्र बैंकको रहेको मौज्दात नयाँ नोट नै बजारमा पठाउने तयारी गरेको छ ।

पछिल्लो दिनमा हुँदै आएको बन्द तथा भारतले गरेको अघोषित नाकाबन्दीले बैंक तथा वित्तीय क्षेत्रमा त्यस्तो असर नपरेको नेपाल राष्ट्र बैंकको दाबी छ । सहजरुपमा सर्बसाधारणले बैङ्किङ सेवा प्राप्त गर्नेछन् । राष्ट्र बैंकले नयाँ नोट छाप्नका लागि लाखौं विदेशी मुद्रा खर्च गर्नुपर्ने भएकाले नयाँ नोटको सुरक्षा गर्न आम सर्बसाधारणलाई अनुरोध गरेको छ । प्रवक्ता पङ्गेनीले भन्नुभयो, “नोट सफा राखेर राष्ट्रको सम्पत्तिको रक्षा गरौँ ।” उहाँका अनुसार नयाँ नोट थोत्रो बन्दै गएमा त्यसमा ‘व्याक्टेरिया’ले आक्रमण गर्ने भएकाले राष्ट्र बैंकले त्यस्ता नोट बजारमा लैजान सक्दैन, जलाउनुपर्छ । प्रवक्ता पङ्गेनीले चाडवाडका असरमा रङ पोत्ने, लेख्ने तथा जथाभावी पट्याउनेजस्ता कार्य नगर्न अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया