Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

विराटनगर- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक अहिले जटिल परिस्थितिमा रहेकाले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सोह्रबुँदे सहमतिअनुरुप तीन दल एकै ठाउँमा नउभिए मुलुकका लागि दुर्भाग्य हुने बताउनुभयो । मधेसवादी दल, थारु समुदायका नेता र जनजातिसँग सकारात्मक ढङ्गले वार्ता अगाडि बढिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले छिटोभन्दा छिटो समस्याको समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

भारतले गरेको अघोषित नाकाबन्दी खुलाउन कूटनीतिक पहलका साथै राजनीतिकस्तरमा पनि संवाद भइरहेको बताउँदै अध्यक्ष दाहालले भारतले छिट्टै आपूर्ति सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले पारवाहन अधिकार अविच्छिन्न रहेको चर्चा गर्दै तत्काल अन्य मुलुकबाट हवाई र सडक मार्ग हुँदै अत्यावश्यक सामग्री ल्याउने पहल पनि भइरहेको जानकारी गराउनुभयो । पत्रकारको जिज्ञासामा उहाँले नाकाबन्दीका कारण पार्टीहरुबीचको सम्बन्ध अझै बलियो भएको उल्लेख गर्दै चुनौतीपूर्ण यस घडीमा प्रधानमन्त्रीमा केपी ओली वा सुशील कोइराला जो भएपनि सहमतिकै आधारमा हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया