Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- दशैं, तिहार र छठलाई लक्षित गर्दै सरकारले संचालन गर्दै आएको खाद्यन्न सामाग्रीहरुको सुपथमल्य पसल सञ्चालन यस पटक अन्योलनमा परेको छ ।

घटस्थापनाको एक हप्ता अघिबाट नै सुपथ मूलय पसल संचालन ल्याउने नीतिगत निर्णय भएको भएपनि त्यसो हुन नसकेको वाणिज्य तथा आपुर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले जानकारी दिए । उनले भने, ‘नीतिगत निर्णय भइसके पनि अर्थमन्त्रालयबाट रकम निकासी हुन सकिरहेको छैन ।’ ढिला नै भएपनि सुपथमुल्य पसल संचालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ र साल्ट टे«डिङले संयुक्त रुपमा छठ पर्वसम्मका लागि सुपथमुल्य पसल संचालन गर्दै आएका छन् । सुपथमुल्य पसल संचालनका लागि बाहिरबाट खाद्य सामाग्रीहरु आयात गर्नु नपर्ने र भएकै मौज्दात खाद्य सामाग्रीहरुबाट विक्रि गरिने कोइरालाले बताए ।

चामल, दाल, तेल, चिनी, नुन, चिउरा लगायतका आवश्यक खाद्य सामाग्री बजारमुल्य भन्दा केहि सस्तोमा यस्ता सुपथ मुल्य पसलले विक्रि गर्ने हुँदा सर्वसाधरणलाई केहि भएपनि राहत मिल्ने हुन्छ ।

तपाईको प्रतिक्रिया