Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाण्डाै-यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यकामा खाली रहेको एक हजार ८५० र थप एक हजार ५०० गरी ३ हजार ३५० ट्याक्सी थप्ने प्रक्रिया सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको असार पहिलो साताको निर्णयअनुसार यो प्रक्रिया सुरु गरिएको हो। जसमा ट्याक्सी व्यवसायीलाई ६५०, आम नागरिकलाई ७०० र स्वरोजगार मजदुरका लागि ५०० ट्याक्सी दर्ताको प्रक्रिया सुरु गर्न लागिएको विभागले जनाएको छ। ट्याक्सी व्यवसायीका लागि ब्लु बुक, आम नागरिकका लागि नागरिकता र स्वरोजगारलाई स्वरोजगारको प्रमाणपत्र आवश्यक पर्ने विभागका प्राविधिक निर्देशक नवीनकुमार पोखरेलले जानकारी दिए। “तीनै थरीका लागि आह्वान गरिएको निवेदनअनुसार ट्याक्सी व्यवसायीलाई मागेभन्दा कम अर्थात् ६३४ निवेदन मात्र आएकाले ट्याक्सी दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ” उनले भने। आम नागरिकका लागि ७०० निवेदन माग गरिएकामा सात हजार ९०७ परेकाले असोज २२ गते बालकुमारीको च्यासल फुटबल मैदानमा गोलाप्रथाद्वारा छनौट गरिने भएको छ।

गोलाप्रथाद्वारा गरिने छनौट प्रक्रियाको बिहान १० बजेदेखि साँझ ५ बजेसम्म टिभी टुडे टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको पनि विभागले जनाएको छ। असोज २९ गते सोही फुटबल मैदानमा स्वरोजगारका लागि पनि गोलाप्रथा गरी प्रत्यक्ष प्रसारण गरिने भएको छ। स्वरोजगारलाई ५०० निवेदन माग गरिएकामा करीब सात हजारको निवेदन दर्ता भएको छ। यो प्रक्रियापछि भूकम्प-पीडितका लागि ५००, डिलक्स ५०० र सुपर डिलक्स ५०० ट्याक्सी दर्ताको प्रक्रिया थाल्ने विभागले जनाएको छ । हाल उपत्यकामा पाँच हजार ६५० ट्याक्सी सञ्चालनमा छन्। विसं २०५७ पछि पहिलोपटक सरकारले ट्याक्सी दर्ता खुला गरेको हो। यो प्रक्रिया सकेपछि उपत्यकामा ट्याक्सीको सङ्ख्या नौ हजार पुग्नेछ। रासस

तपाईको प्रतिक्रिया