Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- चिकित्सा क्षेत्रको लागि दिइने सन २०१५ को नोबेल पुरस्कारको लागि सोमवार तीन जना वैज्ञानिकको नाम घोषणा गरिएको छ ।

पुरस्कारको आधा रकम जापानका सतोशी ओमुरा र आयरलैन्डका विलियम कैम्पबेललाई दिइने छ । ओमुरा र कैम्पवेललाई जुका(राउन्डवर्म)को संक्रमण को औषधि विकसित गर्नको लागि दिइने छ ।

यस्तै पुरस्कारको अर्को खण्ड छिमेकी मुलुक चीन का प्रा.युयु तुलाई प्रदान गरिएको छ । तुलाई औलो ज्वरोको उपचारको लागि गरिएको खोजको लागि दिइन लागिएको हो ।

अगामी डिसेम्बर १० तारिखमा मनाइने नोवेल पुरस्कार उत्सवमा तीनै जनालाई पुरस्कार प्रदान गरिने छ । तीन जनालाई ९.६० लाख डलर अर्थात करिव नौ करोड ६० लाख रुपियाँ पुरस्कार राशी बाँडिने छ । पुरस्कार उत्सवमा तीनै जनालाई वेग्ला वेग्लै डिप्लोमा र गोल्ड मेडेल समेत दिइने छ ।

यस वर्षका नोवेल चिकित्सा क्षेत्रका पुरस्कार विजेताले धेरै खतरनाक परिजिवी वाट फैलिने रोगको उपचारमा क्रान्तिकारी परिवर्तन गरेका छन् ।

तपाईको प्रतिक्रिया