Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

गुल्मी– सोमबार दिउँसो गुल्मीको सदरमुकाम तमघासमा भएको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाको नाम ठेगाना खुलेको छ ।

बुटवलबाट तम्घासतर्फ आउँदै गरेको लु१ख ४१६१ नम्बरको बस उर्लेनीको विश्वकर्मा मन्दिर नजिकै घुम्तीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

प्रहरी निरीक्षक रामप्रसाद पौड्यालका अनुसार मृत्यु हुनेमा तम्घासको भुजेलखर्क निवासी ३० वर्षीय करण चुँदारा, रेसुङ्गा नगरपालिका घर भई पाल्पा सडक डिभिजन कार्यालयका सुपरभाइजर ५५ वर्षीय रोहित मरासिनी, दुविचौरका ५० वर्षीय टामबहादुर विश्वकर्मा, रेसुङ्गा नगरपालिका–१५ भँगेरीकी ४६ वर्षीया भीमकुमारी श्रीस् र अर्लाङ्गकोट–६ की पुष्पा परियारका पाँच वर्षीय छोरा सिजन परियार रहेका छन् ।

घाइते मध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको छ ।

तपाईको प्रतिक्रिया