Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – २०४८ सालबाट आफ्नो सांगीतिक करिअर सुरु गरेका चर्चित लाेक पप गायक रोज मोक्तान जापानको राजधानी टोकियोमा  आइतवार आयोजना भएको एक सांगीतिक कार्यक्रममा एक्कासी देखा परे । हरेक सांगीतिक कार्यक्रममा केन्द्रविन्दु रहने र त्यसमा पनि युवाबीच निकै लोकप्रिय रहेका गायक मोक्तान दर्शकहरुको तीव्र प्रतिक्षालाई चिर्दै जब ‘गोजीमा पैसा छैन, ज्यान पनि मोटो न मोटो तर दिल भने सफा भाको’ यी शब्दहरुलाई लय हाल्दै स्टेजमा झुल्किए लगत्तै  उपस्थित दर्शकहरु चिच्याउन थाले । स्टेजमा उक्लिनसाथ गायक रोज मोक्तानले निकै लोकप्रिय गीत ‘तिम्रो घर चाँचरी’ गीत गाउन जब सुरु गरे दर्शकरुले पनि हुटिङ सुरु गरे ।

4कार्यक्रमको शिलशिलामा दोस्रो पटक जापान आएका गायक मोक्तानसँगै नाच्न जब स्टेज अगाडी रहेका युवाहरु स्टेज उक्लिए आयोजकलाई स्थिति सम्हाल्न हम्मेहम्मे परेका थियो । प्रायः युवा दर्शकहरुको संख्याले भरिएको ईकेबुकुरो बुन्का सेन्टर हल मोक्तानले गाएका गीतहरुमा झण्डै आधा घण्टा समय बिताएको दर्शकहरुले पत्तै पाएनन् ।

नेपाल मादन तामाङ सेवा समाज, जापान र शैलुङ्ग इन्टरनेशनल विद्यार्थी ग्रुपले संयुक्त आयोजना गरेको वृहत साँकृतिक कार्यक्रममा गायक मोक्तानले जापानबासी नेपाली युवाहरुलार्इ खुबै नचाए । हप्तामा ५ दिन स्कुल र रातभरि काम गराइले थकित शरिर लिएर कार्यक्रम हेर्न पुगेका कतिपय विद्यार्थीहरु आफ्नो दुःख र निद्रालाई बिर्सिएर गायक मोक्तानसँगै नाच्दै रमाउन थाले । ‘हेलम्बुको बजारमा माया बस्यो कान्छीको मुहारमा’ र ‘कल्कत्ते काइयो केश मेरो बाङ्गीयो’ लगायतका गीत गाउँदा युवाहरु केश मिलाउँदै उनको स्वरमा झुमे । तर उनले गाएको ‘कल्कत्ते काइयो केश मेरो बाङ्गीयो’ बोलको गीतलाई उपस्थित युवायुवतीहरुकाे हुटिङ र वान्स  मोर भन्न थालेपछि समयको अभावले गर्दा दर्शकको आग्रहबाट मोक्तान पछि हट्न बाध्य हुनुपर्‍यो ।

3लोक, पप, आधुनिक, सेलो गीत गाउँदै आफुलाई बहुप्रतिभाशाली गायकको रुपमा चिनाएका उनी दर्शकसँगै आफु पनि नाचे । स्टेजमा गीत गाउँदै नाचिरहेका गायक मोक्तानले आफुसँगै गाउन र युवायुवतीको मुखबाट हुटिङको बर्ष निकाल्नको लागि दर्शकतिर माइक सोझाउँदै गीत गाउँदै गए । उपस्थित युवायुवतीलाई भरपुर मनोरञ्जन दिन सफल उनले समयको अभावका कारण ‘भमरा भुल्यो यानीमाया’ गीत गाउँदै बाहिरिए ।

त्यस्तै अर्का गायक संजोक योञ्जनले आफ्ना चर्चीत गाएर उपस्थित युवायुवतीहरु भरपुर मनोरञ्जन दिए । उनले ‘आलु र तामा छेपारोलाई जामा’, ‘घर मेरो मदानपुडारी’, ‘शेर्पिनी नानी’, ‘शिरीशिरी बतासै चल्यो’ लागायतका गीत गाए । गायक संजिव वाईबाले ‘के हो माया’, ‘आउ बस छेवैमा’, ‘हिमालपारी सिमाना गाउँ’ गीत गाउँदै दर्शकहरुको मन जित्न सफल भए ।

कार्यक्रममा स्थानिय कलाकारहरु कर्मा दोङ तामाङ, टांसी लामा, पूर्ण सिंह तामाङ, अबे तामाङ, आर.के स्याङग्यान, बिकास राईले पनि आफ्ना प्रस्तुती मार्फत मनोरञ्जन दिए । त्यस्तै कार्यक्रममा लक्ष्मी लामा र प्रीति लामाको आकर्षक नृत्यमा पनि दर्शकहरु झुमे ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै एनआरएनए आईसीसीका उपाध्यक्ष भवन भट्टले जापानले आफ्नो कला संस्कृतिको महत्वलाई जर्गेना गर्दै आफ्ना सन्ततीलाई कला र संस्कृतिको उचित ज्ञान दिएका कारण जापान कला र संस्कृतिमा अगाडी रहेको स्मरण गर्दै हामी नेपालीले पनि आफ्नो कला संस्कृतिको संरक्षणमा जोड दिनु पर्ने बताए ।

9सोही अवसरमा सर्जक भीम तुलाचनको गीति एल्बम ‘अन्तराल’को बिमोचन गरिएको थियो । एल्बमको उपाध्यक्ष भट्ट, एआरएनए जापानका अध्यक्ष सुदन थापा र गायक तथा संगीतकार ईश्वर गुरुङको हातबाट संयुक्त रुपमा बिमोचन गरिएको थियो । कार्यक्रम भूकम्प पीडितहरुको सहयोगाार्थ आयोजना गरिएको हो । ***

8 7 6 5 2 1

तपाईको प्रतिक्रिया