Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौं- परम्पराकैरुपमा मनाइँदै आएको प्रजातन्त्र दिवस यसपटक मनाइएन । प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रजातन्त्र दिवस मनाउने कार्यक्रम रोकियो ।
‘सरकारले आवश्यकता नठानेकाले नमनाएको हो,’ गृहका एक अधिकारीले भने । २००७ सालको क्रान्तिलाई बिर्सन खोजेको ती सरकारी अधिकारीको बुझाइ छ ।
प्रजातन्त्र दिवस नमनाएकोमा प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले विरोध गरेका छन् ।
यसअघिका प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको संयोजकत्वमा प्रजातन्त्र दिवस मूल समारोह समिति गठन तयारी गरिन्थ्यो । सदस्यसचिव गृह सचिव हुन्थे ।
टुँडिखेलमा विशेष कार्यक्रम गरिन्थ्यो । राष्ट्रपति विशिष्ट अतिथि, प्रधानन्यायाधीश, सभामुख, विपक्षी दलका नेता, मन्त्री, सचिवलगायतको उपस्थिति हुन्थ्यो ।
तपाईको प्रतिक्रिया