Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौ- दक्षिण एसियामा विद्युत् कारोबार गर्न भारतले ३ खर्ब अमेरिकी डलर (करिब २ सय २५ खर्ब रुपैयाँ) खर्चेर प्रसारण लाइन बनाउने प्रस्ताव अघि सारेको छ । पाकिस्तानमा भइरहेको एसियाली स्वतन्त्र व्यापार क्षेत्र  (साफ्टा) को छैटौं बैठकमा भारतीय वाणिज्य मन्त्री आनन्द शर्माले उक्त प्रस्ताव राखेका हुन् ।
भारतीय मन्त्री शर्माको तथ्यांकलाई आधार मान्ने हो भने दक्षिण एसियाली क्षमताको ४२ प्रतिशत बिजुली नेपालमा छ । नेपालको विद्युत् उत्पादन क्षमता ८३ गिगावाट (८३ हजार मेगावाट) रहेको छ ।
नेपाल, भारत, भुटान र पाकिस्तानमा २ सय गिगावाट (२ लाख मेगावाट) विद्युत् उत्पादन क्षमता रहेकाले उक्त प्रसारण लाइनको प्रवर्द्धन गर्नुपर्ने धारणा शर्माले राखेको बैठकमा सहभागी वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए ।
‘यस क्षेत्रमा २ सय गिगावाट विद्युत् उत्पादन क्षमता भएकाले त्यसको प्रवर्द्धन गर्नुपर्छ,’ शर्माको भनाइ उद्धृत गर्दै भट्टले भने ।
नेपाल र भारतबीच उच्च क्षमताको प्रसारण लाइन बन्न नसकिरहेका बेला मन्त्री शर्माको उक्त भनाइले आशा जगाएको विज्ञहरू बताउँछन् । ‘दक्षिण एसियाली प्रसारण लाइनको विषय २० वर्षदेखि अगाडि बढे पनि भारतकै कारण रोकिएको थियो,’ उद्योग वाणिज्य महासंघ जलविद्युत् समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले भने, ‘अहिले पाकिस्तानसँग पनि भारतको सम्बन्ध सुधारिँदै गएकाले काम हुने सम्भावना बलियो छ ।’
मन्त्री भट्टले पनि भारत र पाकिस्तानबीच सम्बन्ध सुधि्रँदै गएको सम्मेलनका क्रममा महसुस भएको बताए ।
तपाईको प्रतिक्रिया