मेरा वीर योद्दाहरू तिमी अनेकतामा होइन एकतामा आऊ
आऊ योद्दा आऊ तिमी यो चन्द्र सुर्य झण्डा मुनि आऊ ।
तिमीलाई साँच्चै राष्ट्र प्रति माया छ भने राष्ट्रियताको गीत गाऊ
यदि तिमी राष्ट्रप्रेमी हौ भने जातिवाद र क्षेत्रवादको नारा नलगाऊ ।
आऊ योद्दा आऊ, यो रातो र निलो चन्द्र सुर्य अंकित ध्वजाको इज्जत जोगाऊ
फाटेको मन टुक्रिएको तन आएर तिमी आलो घाउमा मलम लगाउm ।
नेपाल राष्ट्र कसैको निनी सम्पत्ति होइन तिम्रो हाम्रो पहिचान हो
परिआउँदा नलुक्ने कसैसँगै नझुक्ने तिमीहामी नेपालीको सान हो ।
इतिहासमै साहसी काम बाहादुरिताको नाम कायम गर्ने हामी नेपाली नै हो
चाहे तिमी जात, धर्म, राज्य छुट्याउ आखिर तिमीहामी नेपाली नै हो ।
मेरा वीर योद्दाहरू तिमी अनेकतामा होइन एकतामा आऊ
आऊ योद्दा आऊ तिमी यो चन्द्र सुर्य झण्डा मुनि आऊ ।
अर्घाखाँची नेपाल, हाल: दिल्ली