Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं- एकिकृत नेकपा माओबादीका सचिब सीपी गजुरेलले सरकारले सुपुर्दगी र सम्पति सुद्धिकरण लगायत तिन ओटा बिधेयक अनुमोदनका लागि संसद बैठकमा पेश गरे माओबादीले नैं सदन चल्न नदिने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा माओबादी सचिब गजुरेलले आफ्नै पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यस्ता बिधेयक ल्याएमा संसदको बैठक नैं अबरोध गर्ने चेतावनी दिएका हुन ।

उनले सम्पति सुद्धिकरण र सुपुर्दगी जस्ता बिधेयक राष्ट्रघाति भएकोले त्यस्ता बिधेयक पारित हुन नदिन माओबादी स्थायी समितिको २९ माघको बैठकले नैं निर्णय गरेको खुलासा समेत गरे । ‘सम्पति सुद्धिकरण र सुपुर्दगी जस्ता बिधेयक यदि सरकारले सदनमा छलफलको लागि पेश गरेमा हामी नैं संसद चल्न दिदैनौं, सचिब गजुरेलले साक्षात्कारमा भने ‘त्यो बिधेयक पेश भएमा सदन बहिस्कार गरेर भाग्दैनौं, त्यसलाई असफल बनाइदिन्छौं ।’

साक्षात्कारमा बोल्दै उनले ति बिधेयक संसदले पारित गरेमा भारतीय सुरक्षाकर्मीले नेपाल सरकारको अनुमति नैं नलिइ जो सुकैलाई पनि संगठित अपराधको गरेको आशंकामा समेत गिरफ्तार गरी लैजान सक्ने भनी आशंका ब्यक्त गरे ।
गजुरेलले भने ‘यस्ता राष्ट्रघाति बिधेयक पारित भएमा नेपाली मात्र नभइ बिदेशीलाई पनि भारतीय सरकारले गिरफ्तार गरी लैजान सक्छ ।’ नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल प्रधामन्त्री भएको बेला नैं त्यस्ता बिधेयक बनाउने भनी नेपाल सरकारले पक्ष राष्ट्रको रुपमा हस्ताक्षर गरेकोले बर्तमान प्रधानमन्त्री भट्टराईकै समय ति बिधेयक सदनमा अहिले नैं ल्याउनु पर्ने कुनैं जरुरी नभएको बताए गजुरेलले दाबि गरे ।

उनले बिप्पा जस्तो राष्ट्रघाति सन्धी गरेर प्रधानमन्त्री भट्टराई बद्नाम भइसकेकोले उनलाइ पुन अर्को राष्ट्रघाति बिधेयक पेश गर्न लगाएर थप बद्नामा गराउन नचाहेको जनाए । प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकार राष्टिय सहमतिको हुन नसक्ने भन्दै गजुरेलले उनलाई तत्काल पदबाट राजिनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने मार्ग प्रसश्त गर्न माग पनि गरे । उनले भने ‘भारतको बिहार राज्यका मुख्य मन्त्रीको निमन्त्रणामा पटना गएर प्रधानमन्त्री भट्टराईले आफ्नो् प्रोटोकल बिर्सिए ।’

 

तपाईको प्रतिक्रिया