पहिले मलाई दलाल भने, घुसिया, गुण्डागर्दी भने
मानव तस्कर भने, तथानाम भने
करोडौं र अर्बौं भकारीहरुबाट
चारधाम पूण्य पाउन
आँखामा छारो हाल्ने गरी केही दान-राहत गर्ने भने ।।
सबैका लागि भन्दा पाप लाग्ला
बढीभन्दा बढी खरानी धस्नेका लागि नभन्दा श्राप लाग्दा ।।
धेरै घुस्याहा, भ्रष्टचारीहरु, कर छल्ने र मानव तस्करी र गुण्डागर्दीहरु
राहत वितरण चाँही चारधाम सकेर आएजस्तै लगाउँदैछन् सुकिला बर्दीहरु ।।
हलिउड र बलिउडमा मौका पर्दा कलिउडका सेलिब्रेटीहरुझैँ
चर्को घाममा आँखामा लगाउने चश्मा टाउकोमा लगाएका छन्
घण्टा घण्टामा फेसबुकमा छपाएका छन्
यसैबाट आजसम्मका सबै कालाकर्तुत धपाका छन् ।।
नकरात्मकमात्र होइन
आलोचनाको मात्र कुरा छैन
नेपाली जनता भोका नाङ्गा बन्नेसम्म
करोडौं अर्बौं कमायौ
त्यसैले शुन्य दशमलवको केही अंश राहतमा थमायौ
दान, राहत बितरण गर्ने दानबीर बने
समाजसेवी, दानबीर भनेर नाम कमायौ
पुराना कालाकर्तुतबाट भइयो छ्याङ्ग
पट्याइन्छ ठेक्कापट्टा, कमाइन्छ फेरि ड्याङ्ग ।।
हैन मरेर लान्छौ कहाँ ?
बैंक र बैंकखाता जाँदैन रेमिट्यान्स त्यहाँ ।।
त्यसैले शून्य दशमलवबाट माथि उठेर आउ
भोकै बन्न बाध्य बनाएकालाई पेटभरि खुवाउ
नाङ्गै बन्न बाध्य बनाएकालाई आङ छोपौं ।।
भुइँचालो आयो
सारा सर्बनाश हुँदा पनि केही दिनको राहतमा रमायो
कालो चश्मा टाउकामा लगाउनेहरु धेरै आए
जे-जे ल्याए मर्नुभन्दा बौलाउनु बेश, हामीलाई थमाए
राहतवालाको राहतभन्दा फोटो खिचाउनेमै धेरै रमाए ।।
– टोकियो, जापान