मेरो आकाश थिचिएर आज किन रोको छ ?
मान्छे खाने बाघहरु अझै किन भोको छ ?
सिमलको भुवा जस्तै बास खोज्दै उड्छ मन
सागर पनि पासो थापि डुङ्गा खोज्दै धाको छ ।
जल्छ रुप, चोली बिक्छ प्रीत सँधै आहत छ
भाले बास्ने सु-शान्तमा मार्ने मेसो लाको छ
पोहोर दशै छाप्रो भित्र रमाइलो नै भाकोथ्यो
यसपाली बिरे खस्यो भुप्रो भित्र डाको छ
बाचुँ बचाउ गुहार माग्नु रीती सबै सिध्दि गो
स्वतन्त्रको क्रान्तिमा भ्रान्तिको साठो छ ।
-पोखरा – १५