Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

Maheshटोकियो – जापानका रेमिट्यान्स ब्यवसायी महेशकुमार श्रेष्ठले गृहजिल्ला पर्वतमा भूकम्पले क्षति पुर्‍याएका ठाउँहरुमा सयवटा भन्दा बढी अस्थायी टहरा निर्माण कार्यमा सहयोग गर्नुभएको छ ।

उहाँले पर्वत जिल्लाको पिछडिएको एवं दलितहरुको बाहुल्य भएको क्षेत्रमा टहरा बनाउन जस्तापाता लगायतका निर्माण सामाग्री जुटाएर सहयोग गर्नुभएको हो ।

नेपाली जनसम्पर्क समितिका पूर्व अध्यक्ष समेत रहनुभएका समाजसेवी श्रेष्ठले १०० वटा टहरा र ११ वटा विद्यालयका लागि अस्थायी टहरा निर्माणमा सहयोग गर्नुभएको हो ।

विश्वज्योति उच्च मावि पकुवा, बालज्योति निमावि शंकरपोखरी, जनता निमावि रानीपानी, हलहले निमावि हलहले, शिव निमावि फर्से खौला निमावि खौला, जननेत्र उच्च मावि देउपुर लगायतका विद्यालयका लागि टहरा निर्माण गरिएको हो भने त्रिवेणी गाविस, बेहुलीबास गाबिस, शालिग्राम गाबिस, हुवास गाबिस, तिलहार गाबिस, शिवालय गाबिसको गोदाम र उक्त गाबिसको वार्ड नं. ८ मा पर्ने दलित बस्तीमा अस्थायी टहरा निर्माण गरिएका हुन ।

ब्यवसायी श्रेष्ठको आर्थिक सहयोगमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद अर्जुनप्रसाद जोशीको नेतृत्वको टोलीले जिल्लाको विभिन्न गाविसका भूकम्प प्रभावित बस्तीहरुमा श्रमदान गरी टहरा निर्माण गरेको हो ।

स्मरण रहोस्, ब्यवसायी श्रेष्ठले करिव १ वर्ष अगाडि आफ़्नै निजी खर्चमा पहिरोको उच्च जोखिममा रहेको पर्वतको सदरमुकाम कुश्मा बजारको संरक्षणका लागि जापानको प्राविधिक टोलीद्वारा बिस्तृत अध्ययन गराउनुभएको थियो । जापानको एहिमे विश्वविद्यालयका सहप्राध्यापक डा. नेत्रप्रकाश भण्डारीको सहयोगमा कुश्मा बजारमाथिको दुर्लुङको डाँडोको भूसंरक्षण गर्न बिस्तृत अध्ययन गराईएको थियो । अध्ययनको प्रतिवेदनअनुसार निकट भविष्यमा संरक्षण कार्यलाई अगाडि बढाई सदरमुकाम बजारलाई जोखिममुक्त बनाईने योजना रहेको श्रेष्ठ बताउनुहुन्छ ।  ***  1 2 3 4 5 6 7 9 11 12 13१३१४१५1617

तपाईको प्रतिक्रिया