Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं- भूकम्पपछि नेपालका अधिकांश सम्पदा क्षतिग्रस्त भएका छन् ।

सम्पदामा क्षति पुगेपछि विदेशी पर्यटकको आगमन ठप्पजस्तै भएको छ । कम क्षति भएका पशुपतिनाथ र स्वयम्भू खुलाइएको छ भने अन्य पनि खुलाउनेक्रममा रहेको पुरातत्व विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाका भत्केका केही सम्पदाका भग्नावशेष तत्कालका लागि हटाएर पर्यटकलाई ती क्षेत्रको अवलोकन गराउने अवस्था रहेको छ ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले क्षतिग्रस्त सम्पदामा यही जेठ ३२ गतेदेखि पर्यटकलाई अवलोकन गर्ने व्यवस्था मिलाइने गरी काम भइरहेको बताउनुभयो । उहाँका अनुसार क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि दीर्घकालीन योजना ल्याइने छ ।

नेपाल पर्यटन बोर्डका प्रशासकीय प्रमुख रमेशकुमार अधिकारीले पुरातत्व विभागसँगको सहकार्यमा क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा बोर्डले सहकार्य गर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले पुरातत्व विभागसँगको सहकार्यमा हाल वसन्तपुर क्षेत्रमा क्षतिग्रस्त संरचनाको सरसफाइ अघि बढाइएको जानकारी गराउनुभयो ।

worship swambhu jat changu bhgaktapur baudha

तपाईको प्रतिक्रिया