टोकियो – नेपाली सुगम सङ्गीतका व्यस्त गायक प्रमोद खरेलको मार्मिक गीत ‘लाग्छ आज जिन्दगीको छायाँ छुटेजस्तो’ बोलको गीतमा जापानमा म्युजिक भिडियो छायाङ्कन सकिएको छ ।
‘मनको मान्छे टाढा भएपछि, मन दुखाएरै भए पनि बस्नुपरेको’ पीडालाई दृश्यमा देखाउन खोजिएको निर्देशक बिष्णु बस्नेतको भनाई छ । बिबी अनुरागीको सङ्गीत, विश्व देवकोटाको शब्द रहेको उक्त म्युजिक भिडियोमा पत्रकार मुक्तिबाबु सुवेदी, स्मृती आचार्य र विक्रम अर्यालको अभिनय रहेको छ ।
उक्त म्युजिक भिडियो छिट्टै बजारमा आउने सो युनिटले समुद्रपारिलाई जानकारी गराएको छ । ***