Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- भूकम्पपीडितका लागि बङ्गलादेश सरकारले उपलब्ध गराएको नौ हजार ९९८ दशमलव २५ मेट्रिक टन चामलमध्ये छ हजार ८४५ दशमलव ३५ मेट्रिक टन चामल झापाकै गोदाममा सुरक्षित रहेको नेपाल खाद्य संस्थानको मेची अञ्चल कार्यालयले जनाएको छ ।

पूर्वी नाका काँकडभिट्टा हुँदै राहतस्वरुप झापा आएको सो परिमाणको चामलमध्ये तीन हजार १५२ दशमलव ९० मेट्रिक टन चामल भूकम्प प्रभावित जिल्ला पुगिसकेको र बाँकी चामल झापामै रहेको कार्यालयले जनाएको हो ।

प्रभावित जिल्लामा पठाएर बाँकी रहेको चामल खाद्य संस्थानका विर्तामोडस्थित चारवटा र चन्द्रगढीका दुईवटा गोदाममा सुरक्षित रहेको संस्थानका मेची अञ्चल प्रमुख मार्कण्डेयप्रसाद जयसवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया