Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमान्डौं– आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रधानमन्त्री सुशील कोइरालाको प्रस्ताव सत्तासाझेदार दल एमाले र प्रमुख विपक्षी दल एमाओवादीले अस्वीकार गरेपछि थप छलफल अघि बढ्न सकेको छैन ।

शुक्रबार बसेको शीर्षतहको अनौपचारिक छलफलमा प्रधानमन्त्री कोइरालाले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्तावमा दुबै दलले असहमति जनाएको स्रोतले बतायो । सो बैठकमा प्रमुख विपक्षी दल एमाओवादीले एमाले अध्यक्ष केपी ओलीलाई भाबी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेपछि सहमति नजुटेको स्रोतले बतायो ।

वार्ताका क्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला, कानुनमन्त्री नरहरि आचार्य र बनमन्त्री महेश आचार्य, एमाले अध्यक्ष ओली, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्रीसमेत रहेका उपाध्यक्ष वामदेव गौतम, एमाओवादी अध्यक्ष दाहाल र नेता बाबुराम भट्टराई सहभागी रहेका थिए ।

संविधानका अन्तरवस्तुमा सहमति, विनासकारी भूकम्पले निम्त्याएको विपत्ति सामना गर्ने राहत प्याकेज र संयुक्त सरकारलाई सँगसँगै टुंग्याउने गरी राजनीतिक दलका नेताहरूको बीचमा भएको वार्ताका क्रममा दाहालले ओलीको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्रीले राष्ट्रिय सरकारको नेतृत्व नछाड्ने जानकारी दिएपछि एमाले र एमाओवादीको शीर्ष तहमा कांग्रेस प्रतिपक्षमा बस्न सक्ने अवस्था आए कसरी अघि बढ्ने भन्नेबारेमा समेत छलफल गरेको स्रोतले बतायो ।

सुशील कोइराला नेतृत्वको सरकार असफल बन्दै गएपछि राष्ट्रिय विपत्तिको सामना गर्न तथा छिमेकी मुलुकसँग सन्तुलन मिलाउन ओलीलाई नेतृत्वमा ल्याउन राजनीतिक र कूटनीतिक तहमा पहल भएको एमाले स्रोतले बतायो । कांग्रेस नेता शेरबहादुर देउवाले पनि आफूलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि राजनीतिक र कूटनीतिक तहमा छलफल अगाडि बढाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया