Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – अभिनेत्री विपना थापा भूकम्पपीडितका लागि राहत सामाग्री लिएर माइती देश नेपाल आएकी छिन् । बिहेपछि भारतको मथुरामा बस्दै आएकी विपना भूकम्पपछि नेपाल आएकी हुन् ।

विपनाले आफ्नो माइती गाउँ समेत रहेको काठमाडौंको स्यूचटारमा भारतबाट ल्याएको राहत सामाग्री वितरण गरेकी छिन् । त्यस्तै उनले बिहिबार काभ्रेको बालुवापाटीका भूकम्पपीडितहरुलाई राहत सामाग्री बाँडेकी छिन् ।

राहत सामाग्री लिएर मंगलबार नेपाल आएकी  विपनाले २ सय लिटर तेल, ५ क्विन्टल चामल, ५ सय किलो दाल, नुन, चिनी, साबुन, बालबालिकाका लागि खाजा लगायतका सामाग्री वितरण गरकी बताएकी छिन् । उनले जाडो महिनालाई ख्याल गर्दै १ हजार ५० वटा सिरक डस्ना ल्याएकी समेत ल्याएकी छिन् ।

वि.सं २०६३ सालमा बिहेपछि चलचित्र क्षेत्रबाट टाढा बनेकी विपनाले आफ्नो माइती देशमा दुःख पर्दा चुप लागेर बून नसकेको बताइन् । उनको दर्जनौं चलचित्र हिट छन् ।***

तपाईको प्रतिक्रिया