Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- शिक्षा मन्त्रालयले जेष्ठ १७ गतेदेखि विद्यालयको भौतिक क्षतिको अवस्था हेरेर निजी तथा सरकारी विद्यालयहरु सञ्चालन गरिने जनाएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले विद्यालयको अवस्था हेरेर छिटो छिटोभन्दा छिटो विद्यालय सन्चालन गरिने बताए । भौतिक क्षति भएका विद्यालयहरुमा अस्थायी संरचना निर्माण गरेर भएपनि कक्षा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

निजी तथा आवासीय विद्यालय संघका अध्यक्ष लक्ष्यबहादुर केसीले सरकारले निजी विद्यालयहरुमा भएको क्षतिको मूल्यांकन गरेर सहयोग गर्नुपर्ने बताए ।

विनाशकारी भूकम्पले ७ हजार विद्यालयका १६ हजार ४ सय ७५ ओटा कक्षाकोठा पूर्णरुपमा ध्वस्त भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

विद्यालयहरुका २ हजार १ सय ६ ओटा शौचालय र १ हजार ३ सय ६३ ओटा खानेपानीका धाराहरु भत्किएको छ ।

भूकम्पमा ३ सय ८० विद्यार्थी र ६४ जना शिक्षकको मृत्यु भएको पनि शिक्षा मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया