Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

वरिष्ठ पत्रकार सम्मान पराजुली, पण्डित र शर्मालाई

काठमाडौं- सरकारले २०७१ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार धनुषाका धर्मेन्द्र झा तथा वरिष्ठ पत्रकार सम्मान कास्कीका कुसुमकेशव पराजुली, तनहुँका तेजप्रकाश पण्डित र पाल्पाका मेघराज शर्मालाई प्रदान गर्ने घोषणा गरेको छ ।

सिफारिस समितिको सिफारिसअनुसार पत्रकार झालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विक्रम सम्वत् २०६४ देखि प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा सक्रिय एवम् समर्पित भई देश र जनताको समृद्धि तथा लोकतन्त्रको सुदृढीकरणमा उल्लेखनीय योगदान गर्ने एक व्यक्ति वा एक संस्थालाई २ लाख रुपैयाँ राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया