Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान घोषणा र नीति तथा कार्यक्रममा सहमति जुटे राष्ट्रिय सहमतिको सरकार गठन हुन सक्ने बताउनुभएको छ ।

बिहीबार ग्रामीण सामुदायिक विकास सेवा परिषद्ले धुलिखेल अस्पताललाई ६ सय कार्टुन औषधि हस्तान्तरण गरेको कार्यक्रममा पुग्नुभएका दाहालले संविधान निर्माण अलपत्र अवस्थामा छोड्न नहुने बताउनुभयो ।

अध्यक्ष दाहालले संविधान संविधान घोषणा गरेर पनि मात्र राष्ट्रिय सहमतिको सरकार गठन हुन सक्ने बताउनुभयो । उहाँले त्यसका लागि पुनःनिर्माण नीति, साझा नीति तथा कार्यक्रमको आधार तयार गरेरमात्र सरकारमा सहभागी हुने बताउनुभयो । उहाँले अहिले राष्ट्रिय सरकार आफ्नो प्राथमिकतामा नभएको समेत बताउनुभयो ।

राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले विपत्तिको घडीमा नै एकताको आवश्यकता पर्ने तर्क गरे । यद्यपी राष्ट्र निर्माण गर्ने साझा संकल्प, नीति तथा कार्यक्रममा एकरुपता भए सरकारमा जाने कुरामा आफ्नो पार्टी ‘नकारात्मक नभएको’ बताउनुभयो ।

सरकारले क्षति भएका घरका लागि दिने भनेको १५ हजार रकम अपर्याप्त भएको भन्दै ५० हजार विनियोजन गर्नुपर्ने उहाँले तर्क गर्नुभयो । क्षतिको मुंल्याकन गर्न भइरहेको सरकारी ढिलासुस्ती प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया