Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवन । शब्द चिन्तन परिवारले चितवनको भरतपुर उपमहानगर पालिका १२ मा शान्ति अनुष्ठान गरेको छ । शब्द चिन्तन संरक्षण मण्डल, शब्द चिन्तन संघ र शब्द चिन्तन युवा संघको संयुक्त तत्वावधानमा सद्गुरु भक्तशँकुको ९५ औं जन्मजयन्तीको सुअवसर पारेर महाविनाशकारी भूकम्प २०७२ मा परी दिवंगत हुनुभएकाहरूको आत्माको चीरशान्तिको कामना र घाइतेहरूको शीघ्रस्वास्थ्यलाभको कामना गरी सो हवन अनुष्ठान तथा भूमिपूजा गरिएको जानकारी शब्द चिन्तन संरक्षण मण्डलका संरक्षक सदस्य दीपक सुवेदीले सञ्चार क्षेत्रलाई गराउनु भएको छ ।

हरेक वर्ष जेठ १३ गते सद्गुरु शँकुको जन्मजयन्तीको मनाउँदै आइएकोमा यो वर्ष विनाशकारी भूकम्प गएको र सो भूकम्पमा परि प्राण गुमाएकाको आत्माको चीरशान्तिको कामना एवम् घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस वर्ष जेठ १२–१४ सम्म देश विदेशमा रहेका शब्द चिन्तन दर्शन एवम् साधनाका साधकसाधिकाहरुले आ–आफ्नो ठाउँबाट उनीहरुको नाममा ध्यान साधना गर्न मार्गदर्शन गरिएको बताइएको छ ।

यसै गरी युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा शब्द चिन्तनका संरक्षक सदस्य ओमकृष्ण के.सी.को संयोजकत्त्वमा सद्गुरु भक्तशँकुको जन्मजयन्तीको उपलक्ष्यमा भूकम्पमा ज्यान गुमाएकाहरूको आत्माको चीरशान्तिको कामना एवम् घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गर्दै ध्यान तथा सत्सङ्ग कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

भौतिक राहत वितरणसँगै देशविदेशमा भूकम्पमा जीवन गुमाएकाहरूको आत्माको चीरशान्तिको कामना गर्दै र घाइते तथा पीडितहरूको शीघ्रस्वास्थ्यलाभ एवम् आत्म–मानसिक सन्तुष्टिको लागि बाँचेकाहरूले मानवीयताको उदाहरण प्रस्तुत गर्न यसरी पूजाआजालगायतका आनुष्ठानिक कार्य हुनथालेको पाइएको छ ।

शब्द चिन्तन संरक्षण मण्डलका संरक्षक सदस्य दीपक सुवेदीले यस प्रकारको अभियानले प्रभावले देहत्याग्न बाध्यभएकाहरूको आत्माले पनि शान्ति पाउने र बाचेकाहरूलाई पनि मानसिक रूपमा ठूलो राहत पुग्न जाने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया