Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- ३३ वर्ष पुरानो भ्रष्टाचारको मुद्दाको कारण अध्यक्ष प्रदीपजंग पाण्डे पदमुक्त भएपछि नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ ।

रिक्त अध्यक्ष पदको लागि असार १८ गते निर्वाचन गर्ने निर्णय भएको उपाध्यक्ष किशोर प्रधानले जानकारी दिनुभयो । कार्यकारिणी बैठकले बाँकी अवधीको लागि अध्यक्षको निर्वाचन असार १८ मा गर्ने निर्णय गरेको उपाध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

निर्विरोध अध्यक्ष चुन्ने प्रयास हुने उहाँले बताउनुभयो ।

गत वर्ष चैतमा भएको निर्वाचनबाट महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे अध्यक्षमा निर्वाचित भएपनि ३३ वर्ष पुरानो भ्रष्टाचारको मुद्दाको कारण महासंघमा अध्यक्ष पद रिक्त थियो ।

अहिले बरिष्ठ उपाध्यक्ष पशुपती मुरारकाले कार्यवाहक अध्यक्षको रुपमा महासंघ सञ्चालन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया