Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी काम गरेबापत पार्टीको केन्द्रीय कोषबाट नियमित प्राप्त हुने पारिश्रमिक त्याग गरेका छन् ।

आफूले ५ बर्षे कार्यकालमा पाउँने सबै पारिश्रमिक पार्टीले भुकम्प पीडितका लागि खोलेको खातामा जम्मा गर्न उनले केन्द्रीय लेखा शाखालाई निर्देशन दिएको बुझिएको छ । स्रोतका अनुसार एमालेका पदाधिकारीलाई विशेष पारिश्रमिक नभई सबै केन्द्रीय सदस्यहरुले पाउने सरह मासिक १० हजार रुपैयाँ प्राप्त हुन्छ ।

नवौं महाधिवेशन सम्पन्न भएयता १० महिनामा बुझेको पारिश्रमिक पनि फिर्ता गरि उनका तर्फबाट राहत कोषमा एकमुष्ठ ६ लाख रुपैयाँ जम्मा हुँदै छ ।

तपाईको प्रतिक्रिया