Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

प्रकाश दाहालले सार्वजनिक गरे तस्बिर

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारमा नयाँ सदस्यले जन्म लिएको खुलासा भएको छ ।

अवैध मानिएकी बुहारी बिना मगरबाट प्रचण्ड परिवारमा नातिनीको जन्म भएको खुलासा भएको हो । प्रचण्ड पुत्र प्रकाश दाहालले नै बिनाले छोरी जन्माएको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरिदिएका हुन् ।

दुई वर्षअघि सगरमाथा आरोहणको क्रममा प्रकाश र एमाओवादी केन्द्रीय स्तरकी विद्यार्थी नेतृ बिना मगर प्रेम सम्बन्धमा बाँधिएका थिए । घरमा श्रीमती हुँदाहुँदै प्रकाशले बिनालाई बिहे गरेपछि उनीहरु केही समय काठमाडौँ बाहिर गएर बसेका थिए ।

प्रकाश र बिनाको बिहेका कारण प्रचण्डलाई परिवारभित्रमात्रै तनाव थपिएन्, सोही विषयले पार्टीभित्र समेत भाँडभैलो भएको थियो । जसका कारण प्रचण्डको परिवारले अहिलेसम्म औपचारिक रुपमा बिना मगरलाई बुहारी स्वीकारेको छैन ।

बुहारी नस्वीकारेपनि प्रचण्डकै जोडबलमा गत संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट बिना मगर सभासद्को उम्मेदवार बनेकी थिइन् । यसअघि दुईपटक घरजम गरिसकेका प्रकाश अहिले बिनासँगै बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया