Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- विनाशकारी भूकम्पबाट अस्तव्यस्त बनेको मुलुकको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सरकारले विभिन्न कार्ययोजना अघि बढाएको छ ।

गत वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षतिग्रस्त बनेको पर्यटकीय संरचनाको मर्मत तथा पुनःनिर्माण गरी पर्यटकलाई आकर्षण गर्नेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम अघि बढाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले छ महिनाभित्र मुलुकको पर्यटन क्षेत्र पहिलाकै अवस्थामा फर्काउने गरी कार्य योजना बनाएर काम गरिने बताउनुभयो । मन्त्री शेर्पाले भूकम्पपछि पर्यटन क्षेत्रबारे जुन किसिमले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक हल्ला चले अनुरुप वास्तवमा नेपालको पर्यटन क्षेत्रमा खासै त्यस्तो ठूलो क्षति नभएको बताउनु भयो । उहांले १५ प्रतिशत जति क्षति भएको र त्यसलाई छ महिनाभित्रै पुनरुत्थान गर्नसक्ने बताउनु भयो ।

मन्त्री शेर्पाले भूकम्पले मुलुकका ऐतिहासिक, सांस्कृतिक धरोहर तथा कतिपय पर्यटकीय पदमार्ग क्षति भएकोले त्यहाँ पर्यटक पुग्ने वातावरण सिर्जना गर्नका निम्ति युद्धस्तरमा काम गरिरहेको जानकारी दिनुभयो ।

“कहाँ कसरी र कहिले सम्ममा के–के गर्न सकिन्छ, त्यसलाई हामी आफै गर्नसक्छौं या दाताहरुको सहयोग चाहिन्छ, यी सबै विषयमा अहिले गृहकार्य भइरहेको छ,” उहाँले भन्नुभयो । नेपाल सुरक्षित छ, नेपाल भ्रमणमा आउनुस भनेर आग्रह गर्नेगरी काम भइरहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री शेर्पाका अनुसार ऐतिहासिक धरोहर निर्माण गर्न दुईदेखि पाँचवर्ष लाग्छ तर कतिपय ट्रेकिङ रुटहरु छ महिनाभित्र सुचारु गर्न सकिने अवस्था छ ।खासगरी नेपालमा भूकम्पपछिको नकारात्मक धारणालाई सकारात्मक बनाई पर्यटन क्षेत्र सुरक्षित रहेकाले सहज किसिमले भ्रमण गर्न सकिन्छ भनेर अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्नेगरी नेपाल भ्रमण वर्षजस्तै कार्ययोजना बनाइरहेको मन्त्री शेर्पाको भनाई छ । उहाँले मुलुकको समग्र पर्यटन क्षेत्रमा भएको नोक्सानीको मूल्याङकन गरी त्यसका निम्ति कति बजेट लाग्छ, सोको ढाँचा तय गरी लागत निर्धारण गरेर चाँडोभन्दा चाँडो बजेट विनियोजन गरिने बताउनुभयो ।

अहिलेसम्म मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिअवि सहितका आन्तरिक विमानस्थल सबै सुरक्षित रहेपनि कतिपय कुरा सुधार गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले जनगुनासो नआउनेगरी स्तरोन्नति र मर्मत सुधारका काम भइरहेको उल्लेख गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया