Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति डा. रामवरण यादवले आज सैनिक मुख्यालयको स्थलगत निरीक्षण भ्रमण गर्दै भूकम्प पीडितका लागि खोज, उद्धार, राहत सामग्री वितरण तथा भग्नावशेष व्यवस्थापन एवम् जोखिमयुक्त घर हटाउन हालसम्म नेपाली सेनाले गरिरहेको कार्य र अपनाएको विधिबारे आज जानकारी लिनुभएको छ ।

निरीक्षण भ्रमणका क्रममा राष्ट्रपति डा यादवलाई प्रधानसेनापति गौरव शम्शेर जबराले स्वागत अभिवादन गर्नुभएको तथा सम्बन्धित विभागका अधिकृत प्रतिनिधिले नेपाली सेनाले विनाशकारी भूकम्पपछि गरेको खोज, उद्धार, राहतलगायत अन्य गतिविधिको जानकारी एवम् हालसम्मको कार्य प्रगति प्रतिवेदन तथा भावी योजनाको बारेमा प्रस्तुतीकरण गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसैक्रममा राष्ट्रपति डा यादवले भूकम्पबाट जङ्गी अड्डाको भौतिक संरचनामा पारेको असरको अवलोकन गर्नुभएको थियो । निरीक्षण भ्रमणपछि राष्ट्रपति डा यादवले नेपालीमाथि आइपरेको यस राष्ट्रिय विपद्को कठिन घडीमा भूकम्प पीडितहरुको खोज, उद्वार, राहतलगायत अन्य गतिविधि संचालन गरी आम नागरिकको रक्षार्थ एवम् दैनिकी सामान्यीकरण गर्न नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्र्नुभएको थियो ।

निरीक्षण कार्यक्रममा अर्थमन्त्री डा रामशरण महत, रक्षा सचिव ईश्वरीप्रसाद पौडेललगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया