Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

तेह्रथुम – तेह्रथुम जिल्लाको छथर शुक्रबारेमा बशशाला नहुँदा मासु ब्यवसायीहरुलाई समस्यामा पर्दै आएका छन ।

जिल्लाको दक्षिणी भेकको मुख्य बजारको रुपमा मानिने शुक्रबारे बजारमा बजार बिस्तार सँगै बशशाला नहुँदा मासु ब्यवसायीहरु समस्यामा पर्दै आएका हुन । बधशाला भबन निमार्णका लागि जग्गा नहुंदा अहिले कोठा भाडा तिरेर मासु बेच्नुपर्ने बाध्यता रहेको शुक्रबारे मासु ब्यबसायी संघका अध्यक्ष सुकबहादुर लिम्बुले बताउनुभयो । उहाँका अनुसार अहिले मासिक १ हजार रुपैयाँ कोठा भाडामा लिएर ब्यबसायीहरुले ब्यबसाय सञ्चालन गरिरहेका छन ।
छथर क्षेत्रको ब्यापारिक केन्द्रको रुपमा बिकास भईरहेको यो बजारमा अहिले करिब २० जनाले मासु ब्यबसाय गर्दे आएकाछन । संघको आर्थिर्कले जग्गा खरिद गर्न नसकेको कारणले बधशालाको स्थापना गर्न नसकिएको अध्यक्ष लिम्बुले बताउनुभयो । बधशाला स्थापनाका लागि जग्गादाताको खोजी गरे पनि अहिलेसम्म कसैबाट जग्गा प्राप्त नभएको संस्थाका महोन लिम्बुले बताउनुभयो । पहिले बजार स्थापना कालमा बजारको पाखा गल्लीहरुमा मासु मारेर ब्यबसाय गर्दै आएका थिए ।
हप्ताको प्रत्येक शुक्रबार काट्दै आएको बंगुर, राँगाको मासु छथर क्षेत्र अन्तरगत ६ वटा गाबिसकाहरु आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे, सुदाप र दाँगापा लगायतका ग्राहकले सेवा लिने गरेका छन । अहिले बंगुरको मासु, राँगाको मासु २ सय रुपैयाँ किलो र बिक्री हुने गरेको छ । मासु ब्यबसायलाई ब्यबस्थित बनाउनका निम्ती अहिलेसम्म कुनै पनि क्षेत्रबाट सहयोग प्राप्त नभएको र कसैले चासो नलिएको ब्यबसायीहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया