Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले सबै राजनीतिक दलको सक्रियता, सहयोग र सद्भावमा भूकम्पपछिको खोज, उद्धार, राहत र पुर्नबासको काम भइरहेको बताउनुभएको छ ।  राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन समितिको बैठकमा बुधबार प्रधानमन्त्री कोइरालाले सबै पक्षको प्रयासमा पुनःस्थापना र पुनःनिर्माणको काम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व तयारी नहुँदा यस्तो विपद्लाई धान्न समस्या परेको बताउँदै उहाँले उपलब्ध साधन र स्रोतका आधारमा सबै राजनीतिक दलको सहयोगबाट विपद्पछिको कार्यलाई अगाडि बढाइएको बताउनुभयो । सबैले सरकारसँग अपेक्षा गर्ने भएकाले यस अवस्थामा आलोचनालाई आफूले सहजरुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “राम्रो बसोबास होस्, कसैले दुःख भोग्न नपरोस् भनेर इन्जिनियरको टोलीलाई गाउँ गाउँ पठाइएको छ ।”

उहाँले विपद्को समयमा भएका कमकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले स्थानीय निकाय नहुँदा विपद्को अवस्थामा काम गर्न कठिनाइ भएको उल्लेख गर्नुभयो । उहाँले समयमै सबैले उचित राहत पाउनुपर्छ भन्ने उद्देश्यले रु १५ हजारसम्म भूकम्प प्रभावितलाई उपलब्ध गराउन आफूले पहल गरिरहेको बताउनुभयो ।

शान्ति र संविधानलाई पनि सँगै लैजानुपर्ने भएकाले सबैको सहयोग अनिवार्य भएको उहाँको भनाइ थियो । विपद्को अवस्थाबारे जानकारी दिन समितिले प्रधानमन्त्रीलाई बुधबार बोलाएको थियो ।

तपाईको प्रतिक्रिया