Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

मोरङ– शनिबार र सोमबार आएको हावाहुरीले मोरङमा झन्डै रु दुई करोड मूल्य बराबरको फलफूल क्षति भएको छ ।

केरा, आँप, सुपारी, लिची लगायतका फलफूल खेतीलाई ठूलो क्षति पुर्याएको हो । कृषि विकास कार्यालय मोरङका अनुसार सुन्दरदुलारीका किसानले लगाएको केराखेतीमा ठूलो क्षति पुगेको छ । हावाहुरीले किसानले लगाएको हजारौं केराकोबोट भाँचिएका छन् ।

एक बिघाहामा दुई हजार बिरुवा लगाइएकोमा अधिकांश केराका बोट ढलेको र रु २० लाखको क्षति भएको स्थानीय किसान अवधेश ठाकुरले बताउनुभयो । सुन्दरदुलारी नगरपालिका क्षेत्रमा करिब एक हजार ५०० किसानले केराखेती गर्दै आएका छन् । करिब ४० बिघाहा क्षेत्रमा लगाएको केराखेतीमध्ये अधिकाँश बोट हावाहुरीका कारण ढलेका छन् ।

किसानले केराखेतीमा भएको नोक्सानीको क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । विलियम हाइब्रिड र मालभोग जातका केरा बढी ढलेका छन् । मोरङमा ७६० हेक्टर जमिनमा केराखेती हुने गरेको बागबानी विकास अधिकृत काशीकुमार चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया