Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- याैन शोषणको अारोप लागेका पर्यटनमन्त्री कृपाशुर शेर्पाले गणेश शेर्पाले आफूलाई बाबु भनेर गरेको दाबी इन्कार गरेका छन् । उनले आफू डीएनए परीक्षण गराउन समेत तयार रहेको बताएका छन् । ‘गणेश भन्ने व्यक्तिलाई म चिन्छु,’ उनले भने, ‘तर, मेरो छोरा हो भन्ने कुरा वाहियात हो ।’गणेशले बेलाबेला फोन गरेर धम्क्याउने गरेको जिकिर पनि उनले गरे । ‘उसले पटकपटक फोन गरेर थर्काउने प्रयास गरेको थियो त्यतिबेला यस्तो दाबी गरेको थिएन, म पावरमा पुगेपछि मलाइ बदनाम गराउन उसलाई कसैले प्रयोग गरिरहेको छ’ उनले भने । गाविस सचिवले दिएको भनिएको सिफारिस पनि नक्कली भएको दाबी उनले गरे । ‘दुवै पक्ष उपस्थित नभइकन गाविसले कसरी नाता प्रमाणित गर्न सक्छ,’ शेर्पाले प्रतिप्रश्न गरे । ***

तपाईको प्रतिक्रिया