Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

म्याग्दी– डिभिजन सडक कार्यालय बागलुङले म्याग्दीको बैसरीमा काफलडाँडाको पहाडबाट खसेको पहिरोले पुरिएर अबरुद्ध बनेको बेनी–जोमसोम सडक खुलाउने तयारी गरेको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरी खण्डमा जेठ १० गते मध्यराति खसेको पहिरोले एक किलोमिटर सडक पूर्णरुपमा क्षति गरेपछि सिधा सवारी आवागमन बन्द भएको छ । बैसरी नजिकैको जुगेपानीदेखि बेगखोलासम्म सवारीसाधन चलेका छैनन् । मोटरसाइकल, जिप र ट्याक्टरले गलेश्वर, पिप्ले भगवती बेगखोलाको वैकल्पिक सडक प्रयोग गरे पनि बस, ट्रकलगायत सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

भत्किएको ठाउँमा मर्मत र पहिरो पन्छाउने कामका लागि लोडर, डोजरलगायत उपकरणसहित आवश्यक जनशक्ति कार्यक्षेत्रमा पठाइसकेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख इन्जिनियर राजेश पौडेलले जानकारी दिनुभयो । निर्माण व्यवसायी र पोखराबाट थप उपकरण मगाइएको छ । बेनीतर्फबाट मर्मत र पहिरो पन्छाउने काम सुरु गरिने उहाँले बताउनुभयो । कालीगण्डकी थुनिएर बनेको तलाउले डुबाएको सडक मर्मत गर्न तलाउको पानी घटाउनुपर्ने देखिएको छ ।

करिब ७०० मिटर लम्बाइमा फलिएको तलाउ अझै २५–३० मिटर गहिरो रहेको अनुमान गरिएको छ । सेनाको टोली सुरक्षित रुपमा पानीको निकास गराउन तयारी अवस्थामा रहे पनि पहिरो खस्ने क्रम नरोकिएकाले काम गर्न सकेको छैन । भूर्गविद्हरुको टोलीले थप पहिरोको जोखिमको विषयमा अध्ययन गरेपछि दिने सुझावको आधारमा पानीको निकास गराउने काम सुरु गर्ने सेनाको तयारी छ ।

तपाईको प्रतिक्रिया