Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले एभिन्यूज टेलिभिजनको दर्ताबारे चासो राख्नुभएको छ । मन्त्री रिजालले आफूलाई टेलिभिजनको दर्ता रद्द भएको सम्बन्धमा जानकारी नभएको भन्दै दर्ता रद्द गर्न नदिने बताउनुभएको छ । उहाँले आफू प्रेस स्वतन्त्रताको पक्षपाती रहेको भन्दै टिभीको दर्ता रद्द हुन नदिने स्पष्ट पार्नुभयो । उहाँले आफूले कानुनी प्रक्रियाबारे जानकारी लिएको समेत बताउनुभयो ।

मन्त्री रिजालले सहसचिवस्तरबाट ऐनअनुसार निर्णय भएर पत्र गएको जानकारी दिंदै यसबारे थप बुझ्ने प्रयासमा आफू रहेको मन्त्री रिजालले बताउनुभयो । उहाँले नियम कानुनको कुरा भएकाले यसमा कुनै दुराशय नराखिएको भन्दै ‘अटोमेटिक’ यस्तो भएको बताउनुभयो ।

सञ्चार मन्त्रालयका प्रवक्ता पुरुषोत्तमप्रसाद तिवारीले भने एभिन्यूजको दर्ता रद्द नगरिएको स्पष्ट पार्नुभएको छ । उहाँले टिभी दर्ता प्रक्रिया रद्द नभएको भन्दै नवीकरणको प्रक्रियामा नै रहेको बताउनुभएको छ । प्रवक्ता तिवारीले भने बुझाउनुपर्ने महशुल समयमा नबुझाइएकाले पत्र पठाइएको बताउँदै यसलाई रद्द गरिएको भन्न नमिल्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया