Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

मुस्ताङ- गोमा एयरले मङ्गलबारदेखि जोमसोम–पोखरा उडान सुरु गरेको छ ।

पर्यटकीय क्षेत्रका हवाई यात्रुलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले उडान सुरु गरिएको बताइएको छ । मङ्गलबार पहिलो उडानमा १८ जना यात्रुसहित गोमाको विमान जोमसोम विमानस्थलमा अवतरण गरेको थियो ।

आन्तरिक तथा बाह्य पर्यटकको मागकै आधारमा सेवा विस्तार गरिएको एयरलाइन्सका अनिल शेरचनले जानकारी दिनुभयो । एयरलाइन्सले तत्काललाई नेपालीलाई रु दुई हजार ६०० र विदेशी यात्रुलाई ११३ अमेरिकी डलर शुल्क तोकिएको छ । गोमा एयरले यसअघि सुर्खेत र लुक्लामा उडान भर्दै आएको थियो । ‘हामीले पहिलेदेखि नै उडान भर्ने भनेपनि भूकम्पका कारण ढिला भएको हो, अब हामी निरन्तर सेवा दिनेछौँ ‘ – शेरचनले भन्नुभयो । जोमसोम–पोखरा रुटमा तारा र सिम्रिक एयरले पनि उडान भर्दै आएका छन् । ***

तपाईको प्रतिक्रिया