Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टीबीएनको कडा भर्त्सना
काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टेलिभिजन प्रालिको इजाजत पत्र रद्द गरेको छ । इजाजत रद्द गर्नु गैरजिम्मेवार क्रियाकलाप भन्दै टेलिभिजन ब्रोडकास्टर्स नेपाल (टिवीएन) ले भर्त्सना गरेको छ ।

टीवीएनका उपाध्यक्ष गणेशकुमार अग्रवालद्वारा मंगलबार जारी बिज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि बहानामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने, प्रशारणमा अवरोध सृजना गर्ने, मिडियालाई आतंकित पार्ने तथा सञ्चार उद्योगमा भएको ठूलो लगानी तथा रोजगारीलाई समेत हतोत्साहित गर्ने यस्तो गैर-जिम्मेवार क्रियाकलापको टीबीएन घोर भत्सर्ना गर्दछ ।’

निजी मिडिया क्षेत्र भूकम्पका कारण सिर्जित प्रतिकुल परिस्थितिमा गुज्रीरहेको अवस्थामा सरकारले राहतलगायत संरक्षण प्रदान गर्नुपर्ने बेला इजाजत रद्द गरिनु दुर्भाग्यपूर्ण रहको बिज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया