Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भक्तपुर- नेकपा एमालेका उपाध्यक्ष विद्यायदेवी भण्डारीले प्राकृति विपद्को पूर्व तयारी तथा व्यवस्थापन गर्न नसक्दा हाल ठूलो जनधनको क्षति हुन पुगेको बताउनुभएको छ ।

भक्तपुरमा युवा संघ नेपालको घर टहरा हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष भण्डारीले ‘भूकम्प र मृत्यु दुवै अपरिकल्पनीय घटना हुन् । भूकम्प र मृत्यु उही हो’ भन्नुभयो । ‘भूकम्प जानसक्छ भनेर पूर्व व्यवस्थापन र तयारी गर्न सकेनौँ । प्राकृति विपद्को व्यवस्थापनमा राज्यका संयन्त्र कमजोर रैछन् । यसले हामीलाई भविष्यका लागि पाठ सिकायो,’ उपाध्यक्ष भण्डारीले भन्नुभयो । उहाँले पूर्नवास बर्खायाम अघिनै सम्पन्न गरिसक्नुपर्ने बताउदैँ–‘सूरक्षित स्थानमा स्थानान्तरण गर्न सक्यौ भने मात्र बर्खायाममा हुने थप क्षतिबाट जोगिन सक्छौ’ भन्नुभयो ।

उद्योगमन्त्री महेश बस्नेतको विशेष उपस्थितिमा भक्तपुरमा भूकम्प पिडीतलाई एक सय वटा घर टहरा हस्तान्तरण गरिएको छ । भक्तपुर युवा संघ नेपालको घर टहरा हस्तान्तरण कार्यक्रम अन्तरगत उपाध्यक्ष भण्डारी र मन्त्री बस्नेतले घर टहरा हस्तान्तरण गर्नुभएको हो ।

उद्योगमन्त्री महेश बस्नेतले भूकम्प पश्चात् हुने पुर्ननिमार्ण तथा पुर्नवासका कार्यक्रम वैज्ञानिक र रचनात्मक ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भूकम्प गएको अर्को दिनदेखि उद्वार, राहत र पुर्नवासमा युवा संघले देखाएको सशक्त भूमिकाको प्रशंसा गर्नुभयो । ‘युवा संघ देशलाई अप्ठेरो पर्दा जहिले नी अगाडी सर्ने गरेको छ । यसलाई नयाँ नेतृत्वले कायम राख्नु होस्’ मन्त्री बस्नेतले भन्नुभयो ।
कार्यक्रममा एमाले उपाध्यक्ष भण्डारीले भूकम्प पश्चात् जन्मिएको मानविय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जितलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राई, युवा संघ नेपालका अध्यक्ष निरु पाल, उपाध्यक्ष गोविन्द थापा, सूर्य ढकाल लगायतका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया