Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – चलचित्र निर्देशनदेखि शिक्षा क्षेत्रमा अब्बल मानिएकी निर्देशक दीपा बस्नेत यत्तिबेला भूकम्पपीडित बालबालिकाको उद्दार तथा राहतका लागि निकै तल्लिन देखिएकी छिन् । दीपाले भूकम्पबाट प्रभावित क्षेत्रहरुमा पुगेर प्रभावित बनेका बालबालिकाको खोजी कार्यलाई तिव्रता दिएकी हुन् ।

deepabasnetगरिवीका कारण पढन नपाएका बालबालिकादेखि भूकम्पका कारण घरवारबिहिन बनेका तथा अभिभावक गुमाएका बालबालिकाहरुको शिक्षादिक्षाका लागि आफु व्यस्त रहेको बताएकी छिन् । ‘गरिबीका कारण कुनै बालक शिक्षाबाट बञ्चित नहुन्, शिक्षाका कारण कोही पनि अपहेलित बन्न नपरोस्’, दीपाले भनिन् ।

उनले हालै नेपालका पचास बालबालिका लागि नर्सरीदेखि स्नाकोत्तरसम्म निःशुल्क अध्यायन गर्ने व्यवस्था मिलाएर स्वदेश फर्किएकी छिन् । उनका अनुसार अर्को वर्षको शैक्षिकशत्रबाट नेपालका गरिब, अनाथ बालबालिकालाई शिक्षादिक्षा दिने योजनास्वरुप अघि बढिरहेको छ ।

दीपा भारतको उडिसास्थित विश्वविद्यालय कलिंगा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजी (किट)का अन्तर्राष्ट्रिय परामर्शदाता तथा कलिंगा स्कुल अफ सोसियल साइन्स (किस)का नेपाल च्याप्टर कार्यकारी निर्देशक हुन् । उनले चलचित्र ‘अन्तराल’ र ‘श्री ५ अम्बरे’ निर्देशन गरिसकेका छन् ।***

तपाईको प्रतिक्रिया