Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

माली- मालीमा संयुक्त राष्ट्रसंघका एकजना शान्ति स्थापक सैनिकको हत्या भएको छ । संयुक्त राष्ट्रसंघका सैनिकमाथि भएको सो हमलामा परी अर्का एकजना नराम्ररी घाइते भएका बताइएको छ ।

मालीका एकजना सुरक्षा अधिकारीले भने– अज्ञात व्यक्तिले मालीमा कार्यरत शान्ति सैनिकमाथि गोली प्रहार गरेका छन् । गोली लागि एक शान्ति सैनिक मारिएका छन् भने एकजना घाइते छन् ।

ती अधिकारीले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिएका छन् । तर कसले र किन सो गोली प्रहार गरेको हो भन्ने बारेमा भने अहिलेसम्म पनि केही पत्ता लाग्न सकेको छैन ।

ती मारिने एकजना र अर्का घाइते सैनिक पनि बङ्गलादेशका रहेका अधिकारीले जानकरी दिएका छन् । उनका अनुसार घाइतेलाई नजिकैको अस्पताल पु¥याइएको छ ।

सो गोलीकाण्डको कसैले पनि जिम्मेवारी लिएको छैन । मालीमा सन् २०१३ देखि राष्ट्रसंघीय मिसन खटेको छ र त्यसयतामात्र कम्तीमा पनि ४० जना राष्ट्रसंघीय शान्ति सैनिक मारिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया