Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- हास्य कलाकार दम्पती सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले नुवाकोटको ओखरपैवामा नयाँ विद्यालय भवन बनाएर हस्तान्तरण गरेका छन् ।

वैशाख १२ आएको भूकम्पबाट प्रभावित नुवाकोटको ओखरपौवामा महाकाली निम्न माध्यामिक विद्यालयको ७ कोठे भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन् । उनीहरुले ओखरपौवा गाविस वडा नम्बर ५ कुलेगाउँ, र ६ ठूलेचित्रे गाँउमा ४० वटा चर्पी पनि बनाइदिएका छन् ।

धुर्मुस सुन्तलीले संयुक्त रुपमा रिबन काटेर विद्यालय भवन उद्‍घाटन गरे ।

धुर्मुस र सुन्तलीको नेतृत्वमा कलाकारहरुको सहयोगमा निर्माण भएको विद्यालय भवनको सोमबार एक कार्यक्रमको आयोजना गरी उद्‍घाटन गरिएको छ । विद्यालय उद्घाटन कार्यक्रममा उनीहरुले झण्डै २ सय ५० विद्यार्थीलाई कापी, कलम र झोला समेत वितरण गरेका छन् ।

तपाईको प्रतिक्रिया