Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- अति पिछडिएका तथा दलित समुदायका भूकम्प पीडित बालबालिकाहरुलाई कुपोषणविरुद्ध विश्वस्वयंसेवी कार्यक्रम अन्तर्गत पोषणयुक्त आहार लिटो वितरण गरिएको छ ।

नेपालका पोषणविद तथा डाईटिसियनहरुको संगठन ‘नाडान’ मार्फत काभ्रेको पाँचखाल नगरपालिका अन्तर्गतका तीनपिप्ले, पिपलटार र बालुवा गाउँका दनुवार बालबालिकालाई गत ६ गते लिटो वितरण गरिएको हो । सोही दिन ललितपुर र मकवानपुरको सीमावर्ति गाउँ धुखुछापका दलित बालबालिकालाई पनि लिटो वितरण गरिएको थियो । उनीहरुले ३ सय बढी बालबालिका लागि लिटो वितरण गरेका थिए ।

भूकम्पका कारण जोखिममा परेका बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरेर उत्पादन गरिएको सो लिटो ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित छ । १ केजीको पाकेटमा रहेको सो लिटोले ५ देखि ७ दिनसम्म पुग्ने अनुमान छ । भूकम्प पीडित बालबालिकाहरुलाई कुपोषणबाट जोगाउन विश्व स्वयंसेवी कार्यक्रमको सहयोगमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानका पोषण विज्ञानका विद्यार्थीहरुको भूकम्प पीडित बालबालिका लागि राहत कार्यक्रमले उत्पादन गरेको हो । सो लिटो उत्पादनका लागि उनीहरुलाई नेपाल साउदी हेल्पिङ हेण्डस र अमृत सृजनशील समाज धरान १५ ले आर्थिक सहयोग गरेका थिए ।

पोषणयुक्त आहार लिटो वितरण गर्ने क्रममा पोषणविद र डाईटिसियनहरुको समुह नाडानले अन्यलाई दाँत मोल्ने ब्रस, दन्तमञ्जन, पियुष, सरसफाईका सामाग्रीहरु लगायत पनि प्रदान गरेको थियो । उनीहरुले गर्भवती महिला तथा नानीका आमाहरुलाई स्वास्थ्य सम्बन्धी परामर्श पनि दिएका थिए ।

तपाईको प्रतिक्रिया