Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

जाइका अध्यक्ष भन्छन्, ‘तयार छौं’

काठमाडौं- राष्ट्रिय योजना आयोगले भूकम्प प्रभावित क्षेत्रका जनतालाई प्रभावकारी रुपमा राहत तथा पुनःस्थापना गर्न प्राविधिक एवं आर्थिक सहयोग गर्न जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)लाई आग्रह गरेको छ ।

नेपाल भ्रमणमा रहेको जाइकाको अध्यक्षसहितको प्रतिनिधिमण्डलसँगको भेटमा आयोगका उपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेलले वर्षाकाल अगावै भूकम्पपीडितलाई अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने भएकाले आर्थिक तथा प्राविधिक सहयोगको जरुरी रहेको बताउनुभएको हो । ‘जाइकाका अध्यक्षले नेपालमा जस्तोसुकै सहयोगका लागि आफू र आफ्नो संस्था प्रतिबद्ध रहेको र आवश्यक निर्णय गरिने बताउनुभयो,’ डा. पोखरेलले भन्नुभयो ।

जाइकाका अध्यक्ष अकिहिको तानकाले नेपालको विपत्तिमा आफूहरूले आर्थिक, प्राविधिक सहयोग उपलब्ध गराउन कुनै पनि कसर नराखिने आश्वासन दिनुभयो । जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकन गरी वस्तुगत अवस्थाको जानकारी लिइरहेको छ ।

तपाईको प्रतिक्रिया