Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बाबियाचौर (म्याग्दी)- जेठ १० गते आइतबार मध्यरातमा राम्चे–९ को काफलडाँडाको पहाडबाट खसेको पहिरोले पुरिएको बैसरी गाउँका बासिन्दाले तत्काल बासस्थानको व्यवस्था गरिदिन माग गरेका छन् ।

भगवती–२ बैसरीका १५ र राम्चे–९ औलका ११ घरपरिवारले पहिलेको ठाउँमा पुनर्वासको सम्भावना नरहेकाले नयाँ ठाउँमा बस्तीको स्थानान्तरणको व्यवस्था गर्न माग गरेका हुन् । पहिरोले कालीगण्डकी नदी किनारामा रहेको बैसरी र औल गाउँ पुरेर बगर बनाएको छ । पहिरोका कारण घरबासविहीन भएका सर्वसाधारणलाई जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, सम्बन्धित गाविस र विभिन्न सङ्घसंस्थाले धौलागिरि प्रावि रिसिन चौतारीमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छन् ।

“विद्यालयमा पठनपाठन प्रभावित हुने भएकाले धेरै समय हामी त्यहाँ बस्न चाहँदैनौँ” –पहिरोबाट विस्थापित बैसरीका भीमसेन केसीले भन्नुभयो–“पहिलेको ठाउँमा पुनर्वास गराउन सम्भव छैन । नयाँ ठाउँमा बस्ती स्थानान्तरण गर्न विकल्प खोज्नुपर्छ ।” पहाड भत्कने क्रम अझै नरोकिएको र कालीगण्डकीको बाढीको जोखिमका कारण बस्तीलाई पुरेको पहिरो पन्छाएर तत्कालै बैसरीमा बस्ती बसाउन सम्भव नरहेको स्थानीयवासी तोपबहादुर केसीले बताउनुभयो ।

जेठ ८ गते पहाड भत्किएर पहिरो खस्न सुरु गरेपछि २६ घरका १३७ जनालाई नजिकैको खाली जग्गामा सारिएको थियो ।

तपाईको प्रतिक्रिया