Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– गत बैशाख १२ गते गोरखाको बारपाकमा केन्द्रविन्दु बनाएर आएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ५९ पुगेको छ ।

गृह मन्त्रालयले उपलब्ध गराएको पछिल्लो जानकारी अनुसार मृतकमध्ये महिला ४ हजार ७ सय ७१ र पुरुष ३ हजार ८ सय ८७ छन् । तीमध्ये एक जनाको पहिचान खुलेको छैन हालसम्म घाइते हुनेमा २१ हजार ९ सय ५२ छन् ।

वैशाख १२, १३ र २९ गतेका भूकम्प र त्यसपछिका पराकम्पनले सर्वसाधारणका पाँच लाख ७१७ घर पूर्ण र दुई लाख ६९ हजार १९० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

तपाईको प्रतिक्रिया